स्मरण पद: “र शरीरलाई मार्ने तर आत्मालाई मार्न नसक्नेहरूसँग नडराओ: बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ” मत्ती १०:२८।
दैनिक बाइबल पठनहरू: प्रेरित २१:१५-३६; प्रेरित २१:३७-२२:२१; प्रेरित २२:२२-२३:११; प्रेरित २३:१२-३५; प्रेरित २४; गन्ती ६
धर्मशास्त्र पठन: प्रेरित २१:१५-२६
परिचय:
यस पाठमा पावल कैदी बन्छन् र प्रेरितको पुस्तकको बाँकी भागभरि रोमीहरूको कैदी नै रहन्छन्। रोमीहरूको कैदीको रूपमा, पावललाई नेताहरूको अगाडि आफ्नो बचाउ गर्ने धेरै अवसरहरू दिइन्छ। हामीलाई पनि भनिन्छ