क्रूसका सिद्धान्तहरू – पाठ ३: मानिसको हृदय

धर्मशास्त्र पठन: यशैया ५५

स्मरण पद: “असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै कुरा निकाल्छ; र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट खराबै कुरा निकाल्छ; किनकि हृदयको प्रशस्तताबाटै उसको मुखले बोल्छ ” —लूका ६:४५

परिचय:

कथा पछि थपिनेछ

पाठ प्रश्नहरू :

  1. मानिसहरूको हृदयमा के छ? उत्पत्ति ६:५; ८:२१; भजनसंग्रह १०१:५; हितोपदेश ६:१४; १८:१२; उपदेशक ९:३; यर्मिया ५:२३; १७:९; इजकिएल १४:३-४; २ पत्रुस २:१४।.
  2. हामीले हाम्रो हृदयलाई के गर्नुपर्छ? व्यवस्था ११:१३; २६:१६; ३०:२; १ राजा २:४; ८:६१; हितोपदेश २:२; ३:५; ४:२३; मत्ती २२:३७ रोमी १०:१०; एफिसी ६:६; याकूब ४:८; १ पत्रुस १:२२; ३:१५।.
  3. परमेश्वरले हाम्रो हृदयमा के गर्नुहुन्छ? १ इतिहास २८:९; २९:१७-१८; भजनसंग्रह २७:१४; ४४:२१; इजकिएल ३६:२६; प्रेरित १६:१४; १ थेसलोनिकी ३:१३; २ थेसलोनिकी ३:५।.
  4. हाम्रो हृदयको लागि परमेश्वरले के गरून् भनेर हामी प्रार्थना गर्न सक्छौं? भजनसंग्रह ५१:१०; ८६:११; ११९:३६।.
  5. मत्ती १५:८ मा मानिसहरूको हृदय कहाँ थियो?
  6. रहबामले किन दुष्ट काम गरे? २ इतिहास १२:१४।.
  7. हृदय कसरी शुद्ध हुन्छ? प्रेरित १५:९।.
  8. कस्तो किसिमको हृदयलाई परमेश्वरले तुच्छ ठान्नुहुने छैन? भजनसंग्रह ५१:१७।.
  9. परमेश्वरलाई कसले देख्नेछ? मत्ती ५:८।.
  10. हाम्रो हृदयमा अधर्मलाई सम्झँदा के हुन्छ? भजनसंग्रह ६६:१८।.
  11. हामीले आफ्नो हृदयलाई के गर्न लगाउँनु पर्छ? भजनसंग्रह ११९:११२।.