धर्मशास्त्र पठन: यशैया ५५
स्मरण पद: “असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै कुरा निकाल्छ; र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट खराबै कुरा निकाल्छ; किनकि हृदयको प्रशस्तताबाटै उसको मुखले बोल्छ ” —लूका ६:४५
परिचय:
कथा पछि थपिनेछ
पाठ प्रश्नहरू :
- मानिसहरूको हृदयमा के छ? उत्पत्ति ६:५; ८:२१; भजनसंग्रह १०१:५; हितोपदेश ६:१४; १८:१२; उपदेशक ९:३; यर्मिया ५:२३; १७:९; इजकिएल १४:३-४; २ पत्रुस २:१४।.
- हामीले हाम्रो हृदयलाई के गर्नुपर्छ? व्यवस्था ११:१३; २६:१६; ३०:२; १ राजा २:४; ८:६१; हितोपदेश २:२; ३:५; ४:२३; मत्ती २२:३७ रोमी १०:१०; एफिसी ६:६; याकूब ४:८; १ पत्रुस १:२२; ३:१५।.
- परमेश्वरले हाम्रो हृदयमा के गर्नुहुन्छ? १ इतिहास २८:९; २९:१७-१८; भजनसंग्रह २७:१४; ४४:२१; इजकिएल ३६:२६; प्रेरित १६:१४; १ थेसलोनिकी ३:१३; २ थेसलोनिकी ३:५।.
- हाम्रो हृदयको लागि परमेश्वरले के गरून् भनेर हामी प्रार्थना गर्न सक्छौं? भजनसंग्रह ५१:१०; ८६:११; ११९:३६।.
- मत्ती १५:८ मा मानिसहरूको हृदय कहाँ थियो?
- रहबामले किन दुष्ट काम गरे? २ इतिहास १२:१४।.
- हृदय कसरी शुद्ध हुन्छ? प्रेरित १५:९।.
- कस्तो किसिमको हृदयलाई परमेश्वरले तुच्छ ठान्नुहुने छैन? भजनसंग्रह ५१:१७।.
- परमेश्वरलाई कसले देख्नेछ? मत्ती ५:८।.
- हाम्रो हृदयमा अधर्मलाई सम्झँदा के हुन्छ? भजनसंग्रह ६६:१८।.
- हामीले आफ्नो हृदयलाई के गर्न लगाउँनु पर्छ? भजनसंग्रह ११९:११२।.